Tuesday, December 15, 2009

यौन सम्पर्क अचुक औषधी

यौन सम्पर्क अचुक औषधी
भन्न अप्ठारो लाग्ने तर कुरा साचो हो है स्कटल्यान्डका स्वास्थ्य अनुसन्धानकर्ताहरूको प्रतिवेदनअनुसार यौनसम्पर्कले स्वास्थ्यलाई सबभन्दा बढी फाइदा पुर्‍याउँछ। यौनसम्पर्कको निरन्तरताले ब्लडप्रेसरलाई नर्मल राख्नुका साथै मानसिक तनावमा समेत कमी आउने कुरा अनुसन्धानकर्ताहरूले आफ्नो रिपोर्टमा उल्लेख गरेका छन्। दुई दर्जन महिला र त्यत्तिकै संख्याका पुरुषहरूमा गरिएको अनुसन्धान प्रतिवेदनअनुसार जो वयष्कहरूले नियमित रुपमा यौनसम्पर्क राख्छन्, उनीहरू तनावको सिकार हुनबाट बच्ने गर्दछन्। यौनसम्पर्कले मानिसको मोटोपन रोक्नुका साथै घटाउन पनि मद्दत पुर्‍याउँछ। आधा घण्टाको यौनसम्पर्कले ८५ क्यालरिज वर्न हुन्छ। अमेरिकन एसोसिएसन अफ सेक्सयुलिटी एजुकेसर्न एन्ड थेरेपिस्ट्सका सभापति पौरी ब्रिटनका मुताबिक सेक्सले शारीरिक स्वास्थ्यका साथै मानसिक स्वास्थ्यलाई समेत फाइदा पुर्‍याउँछ।एक युरोलोजी इन्टरनेसनलको ब्रिटिस जर्नलमा छापिएको एक रिपोर्टमुताबिक सेक्सले पुरुषमा हुने प्रोस्टेट क्यान्सरको खतरा कम हुन्छ। रिपोर्टका अनुसार जो मानिस ३० वर्षभन्दा कम उमेरको छ, यौनसम्पर्कले भविष्यमा हुने प्रोस्टेट क्यान्सरको खतरा कम हुन्छ। जबकि, ३० वर्षभन्दा बढी उमेरका मानिसहरूले नियमित यौनसम्पर्क राख्दा प्रोस्टेट क्यान्सरको खतरा कम हुने कुरा अनुसन्धानकर्ताहरूले आफ्नो प्रतिवेदनमा उल्लेख गरेका छन्। अनुसन्धानकर्ताहरूको दाबीअनुसार यौनसम्पर्क नियमित गर्नाले निद्रा राम्रोसँग लाग्छ। राम्रो निद्रा लाग्यो भने ब्लडप्रेसरलाई समेत मेनटेन गर्न मद्दत पुग्ने गर्छ। अनी भएन त अचुक औषधी

No comments:

Post a Comment